logo
२०८० चैत्र १५ बिहीवार



पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं - जनार्दन शर्मा

राष्ट्रिय |


पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं - जनार्दन शर्मा


काठमाडौं, असोज १२ गते । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

मङ्गलबार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने बताउनुभयो । ‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्छ ।

त्यसो गर्नको लागि सङ्गठनको हरेक इकाईलाई उत्पादनसँग जोड्नुपर्छ ।’, शर्मा बताउनुहुन्छ । पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान पनि उहाँले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?