logo
२०८१ बैशाख ८ शनिवार



पर्यटकीय गतिविधि बढ्दै

पर्यटन |


पर्यटकीय गतिविधि बढ्दै


 

लेखनाथ समाचारदाता

पोखरा, असोज ७ गते । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेका पोखराका पर्यटकीय स्थलहरू खुलेका छन् । पोखराको पर्यटकीय आकर्षण फेवाताल बीचमा रहेको तालबारही मन्दिर र पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा, महेन्द्र गुफा विश्व शान्ति स्तुप पर्यटकका लागि खुला गरिएका छन् ।
यी पर्यटकीय गन्तव्य झन्डै २० महिनापछि सञ्चालनमा आएका हन् । तालबराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूूजारी पशुुराम शर्मा पहारीले स्थानीय प्रशासनले असोज १ गतेबाट निषेधाज्ञा पूर्ण रूपमा हटाएपछि मन्दिर खुला गरिएको बताउनुभयो ।
मन्दिर बन्द हुँदा डुङ्गा व्यवसायी तथा डुङ्गा चालकसमेत बेरोजगार हुनुपरेको थियो । डुुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले अब व्यवसायी तथा चालकलाई केही राहत हुने विश्वास व्यक्त गर्नुभयो । नेपालीका अनुसार आठवटा घाटमा ७६४ वटा डुङ्गा सञ्चालनमा छन् । मन्दिर सञ्चालनमा आउँदा निकै खुसी लागेको डुङ्गा व्यवसायी तारा विकले बताउनुभयो । अब गरेर खान पाइने थियो उहाँले भन्नुभयो, नेपालीका चाडपर्व पनि सुरु भएका त्यसैले आन्तरिक पर्यटकको पनि चाप बिस्तारै बढ्नेछ र पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्नेछ । फेवातालको तालबराही मन्दिर बन्द हुँदा झन्डै दुई करोड घाटा लागेको डुुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले बताउनुभयो ।
पोखराका प्रमुख पर्यटकीय गन्तव्य खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बिस्तारै बढ्न थालेको पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटकीय गतिविधि बिस्तारै चलायमान हुँदै छ । बाह्य पर्यटक नभएपछि आन्तरिक पर्यटकको चहलपहल बढदै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?