logo
२०८१ बैशाख १४ शुक्रवार



विश्व कीर्तिमानी आरोही सानु शेर्पा फेरि कीर्तिमान बनाउन धौलागिरी आरोहण गर्दै

पर्यटन |


विश्व कीर्तिमानी आरोही सानु शेर्पा फेरि कीर्तिमान बनाउन धौलागिरी आरोहण गर्दै


काठमाडौं, असाेज १ गते । विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका सानु शेर्पाले फेरि कीर्तिमान बनाउन धौलागिरी हिमालको आरोहण गर्ने हुनु भएको छ । आठहजार मिटरका १४ अग्ला हिमाललाई दुई पटकआरोहण गरेर विश्वमै पहिलो व्यक्ति बन्न धौलागिरी हिमाल आरोहण गर्न लाग्नुभएको उहाँले बताउनुभयो ।

सङ्खुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय शेर्पाले हालसम्म १० वटा हिमालको आरोहण गरिसक्नुभएको छ भने धौलागिरी हिमाल आरोहण उहाँको ११ औं  हिमाल रहेको बताउनुभयो । कीर्तिमानी आरोही शेर्पाले कञ्चनजंगा, मकालु र गसेरब्रुम दुईको आरोहण सम्पन्न गरेपछि उहाँ विश्वमै दोहोरिएर १४ वटा अग्ला हिमालको आरोहण गर्ने व्यक्तिमा नाम लेखाउन सक्षम हुनुहुने छ । केही वर्ष अघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए तर सफल हुन सकेको थिएन ।

शेर्पाले सन् २००६ मा पहिलो पटक छ्यो यु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गर्नुभएको थियो । उहाँले सन् २०१९ मा धौलागिरी हिमाल आरोहणसँगै १४ वटा हिमाल आरोहण सम्पन्न गरी विश्व कीर्तिमानी आरोहीको रुपमा नाम लेखाउनुभएको थियो । हाल नेपालमा सङ्खुवासभाका मिङमा शेर्पा, छाङदावा शेर्पा, ताप्लेजुङका मिङमा ग्यावु शेर्पा र म्याग्दीका निर्मल पुर्जा गरी पाँच जनाले मात्र विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण सम्पन्न गरी कीर्तिमान कायम गर्नुभएको छ ।
उहाँले सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रा पटक आरोहण सम्पन्न गर्नुभएको थियो भने सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गर्नुभएको थियो । शेर्पासहितको १९ जना नेपाली टोलीले गतवर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो केटु हिमालको हिउँदको समयमा पहिलो पटक आरोहण सम्पन्न गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?