logo
२०८० चैत्र १६ शुक्रवार



चर्चित कार्टूनिस्ट तथा पत्रकारमाथि इन्टर्नेट कानून उल्लङ्घनको अभियोग दर्ता

अन्तर्राष्ट्रिय |


चर्चित कार्टूनिस्ट तथा पत्रकारमाथि इन्टर्नेट कानून उल्लङ्घनको अभियोग दर्ता
तस्विर-फाइल


ढाका, भदौ २७ गते।
उच्च–प्रोफाइलका स्वीडेनस्थित कार्टूनिस्ट र पत्रकारसहितका सात जनालाई बङ्गलादेशको इन्टरनेट कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । आलोचकहरूले विपक्षी व्यक्तिहरूविरुद्ध प्रयोग भइरहेको बताएका छन् ।

बङ्गलादेशको राजधानी ढाकाको एउटा अदालतले कार्टूनिस्ट अहमद कबीर किशोर र अधिकारकर्मी तथा पत्रकार तास्नीम खालिलविरुद्ध डिजिटल सुरक्षा अधिनियम अन्तर्गत प्रहरीले लगाएको औपचारिक अभियोग स्वीकार गरेको कुरा अभियोक्ता नजरुल इस्लाम शामिमले बताउनुभयो ।

ती मानिसहरूलाई आपत्तिजनक र झूटो जानकारी प्रकाशित गर्ने, बदनाम गर्ने र जानाजानी अशान्ति वा गोलमाल सृजना गर्ने डिजिटल सामग्रीहरू प्रकाशित गरेको अभियोग लगाइएको
छ । अभियोग पुष्टि भएमा सबै जनाले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने कानूनी प्राबधान रहेको शमीमले एएफपीलाई बताउनुभयो । आइतबार नै ‘अदालतले चार जनालाई पक्राउ गर्ने आदेश’ पनि जारी गरेको छ ।”

एम्नेस्टी इन्टरनेशनललगायतका अधिकार समूहहरूको भनाइअनुसार यो कानून एक करोड ६९ लाख जनसङ्ख्या रहेको यस मुलुकमा सरकारका आलोचकहरूलाई मौन पार्न र धम्काउन प्रयोग भइरहेको छ ।

उक्त कानूनका कारण ४५ जना किशोरले आफू ‘अन्यायको सिकार’ भएको बताउनुभयो ।

अभियोग दर्ता भएपछि वरिष्ठ कार्टूनिस्टले एएफपीसँग फोनमार्फत् प्रतिक्रिया दिँदै भन्नुभयो, “चित्र कोर्नु अपराध होइन ।”

एम्नेस्टीले जुलाईको रिपोर्टमा बताएअनुसार बङ्गलादेशमा त्यस महिनासम्म इन्टरनेट कानून अन्तर्गत कम्तीमा ४३३ जनालाई थुनामा राखिएको थियो ।

अधिकांशलाई अनलाइन झूटो र आपत्तिजनक जानकारी प्रकाशित गरेको आरोपमा राखिएको अन्तर्राष्ट्रिय अधिकार समूहले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?