logo
२०८१ बैशाख १३ बिहीवार



साझाले तीनमहिना भित्र ४८ वटा विद्युतीय बस ल्याउँदै, कस्ता छन् बस

खुला |


साझाले तीनमहिना भित्र ४८ वटा विद्युतीय बस ल्याउँदै, कस्ता छन् बस
सांकेतिक तस्विर


काठमाडौं, भदौ २४ गते । साझा बसले थप सेवा विस्तार गर्न ४८ वटा विद्युतीय बस काठमाडौं ल्याउने तयारी अन्तिम चरण पु¥याएको छ । हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिँदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने साझा वस सञ्चालक समितिका सदस्य भुषण तुलधारले जानकारी दिनुभयो ।
सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्थापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन ।
साझा बसले चीनको सीएचटीसी कम्पनीबाट तत्काल ४० वटा बस खरिद गर्ने गरी टेन्डर स्वीकृत गरी सकेको तुलधारले जानकारी दिनुभयो । साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनीलाई छनाेट गरेको जनाएको छ । बसको क्षमता र फर्ममेन्स हेरेर २० प्रतिशतसम्म गाडी थप गर्ने छौ, समितिको बैठकमा सहमती भए तत्काल ४८ वटा गाडी खरिद गर्ने उहाँले बताउनुभयो । साझाले तोकेको मूल्यभन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले थप गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो । चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ ।
हाल सुन्दर यातायातले चीनमा निर्मित विएके कम्पनी छ वटा गाडीले काठमाडौं रिङरोडमा सेवा दिँदै आएको छ भने चीनमै निर्मित बीवाइडी लुम्बिनी १० वटा लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याईएको भए पनि दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । साझा वसको सेयर नेपाल सरकारले खरिद गरेपछि बस खरिदको प्रकृया अघि बडेको थियो । सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ ।
विद्युतीय बस सञ्चालनमा आउने भएपछि यसका लागि अत्यवश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशन, ब्याट्रीको व्यवस्थापन लगायतका विषयमा सरकारसँग सहकार्य गरी साझाले पहल शुरु गरेको जनाएको छ । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर अगाडि बढ्न सबै निकायमा पहल गर्ने बताउनुभयो । व्यपार घाटा कम गर्न मात्र नभएर वातावरणमैत्री सवारीसाधनको सञ्चालनमा मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो ।

खरिद गरिने एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख लाग्ने साझाले जनाएको छ । बस एकपटक ब्याट्री चार्ज गर्दा दुई सय किलोमिटर गुड्नेछ भने बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान भएकाले चार्ज गर्न चार घण्टा लाग्नेछ ।
सार्वजनिक रुपमा सञ्चालन गर्ने विद्युतीय सवारीसाधन खरिद गर्दा सरकारले डिजल गाडी बरावर राजश्व लिने गरेको छ तर डिजल बसभन्दा विद्युतीय बस तीन गुणा महँगो पर्ने भएपछि कर  बढी तिर्नुपर्दा खरिदमा महँगो पर्ने तुलधारले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?