logo
२०८० चैत्र १५ बिहीवार



भारतमा ५३ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ५३ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार बढी कोरोना भाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा करिब १३ लाख ८८ हजार नमुनाको परीक्षण गर्दा ५३ हजार २५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म दुई करोड ९९ लाख ३५ हजार २२१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल भारतमा सात लाख दुई हजार ८८७ सक्रिय सङ्क्रमित छन् ।
गएको चौबीस घण्टामा एक हजार ४२२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार १३५ पुगेको छ । हालसम्म दुई करोड ८८ लाख ४४ हजार १९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ९६.३६ प्रतिशत छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म २८ करोड ३६ हजार ८९८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?