logo
२०८० चैत्र १६ शुक्रवार



अखिलको राहत र उद्धार टोली मेलम्ची प्रस्थान   

खुला |


अखिलको राहत र उद्धार टोली मेलम्ची  प्रस्थान   


काठमाडौँ, असार २  गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गर्नुभएको छ ।    
पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गर्नुभएको हो ।    
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् ।

राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पु¥याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?