logo
२०८१ बैशाख १३ बिहीवार



आरोहण गरी फर्केका चिनियाँ आरोही रोकिए

पर्यटन |


आरोहण गरी फर्केका चिनियाँ आरोही रोकिए
सांकेतिक तस्बिर


काठमाडौं, जेठ २७ गते । सगरमाथा लगायतका हिमालको आरोहण सम्पन्न गरी काठमाडौं फर्केका ५० बढी चिनियाँ आरोहीहरु स्वदेश फर्कन पाएका छैनन । चीन सरकारले उडान अनुमती नदिए पछि आरोहीहरु काठमाडौंमै विचल्लीमा परेका हुन ।

सेभेन समिट ट्रेकबाट आरोहण गर्न आएका १६ जना र ऐसियन ट्रेक, काइतु ट्रेक, सेभेनसमिट क्लव ट्रेक लगायतबाट गरी ५० बढी चिनियाँ आरोहीहरु स्वदेश फर्कन नपाए पछि काठमाडौंमै रोकिएका हुन् । अन्य देशका आरोहीहरु भने ९० प्रतिशत फिर्ता भई सकेको पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले बताउनुभयो । यता पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रकिसोर शाहले भने भिषा सकिएका र घर फर्कन समस्या भएको भन्दै निवेदन आए पछि परराष्ट्र मन्त्रालयमा पठाएर सहयोग गर्ने गरेको बताउनुभयो ।

सरकारले भने टर्की, कतार, चीन र भारतका लागि भने सातामा एक पटक उडान गर्न दिने गरी खोल्ने निर्णय गरेको छ । यता नागरिक उडडयन प्राधिकरणले उडान अनुमती लिन चीनलाई एक साता अघिनै पत्रचार गरे पनि हालसम्म अनुमती नलिए पछि चीनका पर्यटकहरु स्वदेश फर्कन समस्या परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?