logo
२०८० चैत्र १६ शुक्रवार



चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, भोलि काठमाडौं आइपुग्ने

राष्ट्रिय |


चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, भोलि काठमाडौं आइपुग्ने
बेइजिङमा हस्तान्तरित सामग्री


गोरखापत्र अनलाइन
कठमाडौं, बैशाख २७ गते । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई  हस्तान्तरण गरिएको छ । ती सामग्री भोलि काठमाडो आइपुग्ने बताइएको छ ।

 चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं।=आरए–४२५१ को वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पुगेको छ । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिइएको छ । स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?