logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

पर्यटन |


ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने


ललितपुर, वैशाख ६ गते । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका राजदूत पट्र्टी एन्टीनेन, नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलका, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले आइतबार ललितपुरको श्रीबहाल, नबहाल, पूर्णचण्डी, मङ्गलबजार आदि क्षेत्रमा हेरिटेज वाकअर्थात् सम्पदा यात्रा गरेर उक्त कामको शुभारम्भ गर्नुभयो ।

महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरमा आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यका साथ सो काम अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ पर्यटकले लामो समय बिताउन् भनी पुल्चोकबाट मङ्गलबजार हुँदै लगनखेल अनि जावलाखेल र अन्त्यमा पुल्चोकसम्म र दोस्रो रुट जावलाखेल हुँदै लगनखेल त्यसपछि एकान्तकुना भएर धोबीघाट अनि कुपण्डोल र अन्त्यमा सानेपासम्मै पर्यटकका लागि निःशुल्क विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएका छाँै । अब छिट्टै बिजुली बस पाटन भित्रिने छ ।” पाटन आउने पर्यटकले यहाँका हरेक स्थान घुमेर आर्थिक वृद्धि गराउन् भन्ने उद्देश्यका साथ तीन दिनसम्म निःशुल्क बिजुली बसमा यात्रा गर्ने अवसर दिन लागिएको महर्जनको भनाइ थियो ।

सङ्घका अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला र संस्कृतिको जीवन्त सङ्ग्रहालय रहँदा यहाँका मूर्त तथा अमूर्त सम्पदाको प्रचारप्रसारमा आफूहरुले समेत विभिन्न काम गर्ने बताउनुभयो । सङ्घका पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन समिति संयोजक आपुलाल अवालेले पाटनमा पर्यटक आवागमन वृद्धि गर्न हरेक महिनाको अन्तिम शनिबार यी पाँच रुट भएर सम्पदा पदयात्रा गर्ने, पाटनको परिचय भएको पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका केही वडाध्यक्ष, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम्बु सुवेदी, होटल सङ्घ नेपाल (हान)का उपाध्यक्ष विनायक शाह, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष बद्री नेपाल, चाइनिज गाइडका अध्यक्ष निशान प्रधान आदिको पनि उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?