logo
२०७८ माघ ९ आईतवार



वायु प्रदूषण, मानसिक स्वास्थ्य र मनोविज्ञान

विचार/दृष्टिकोण |


वायु प्रदूषण, मानसिक स्वास्थ्य र मनोविज्ञान



डा. नरेन्द्रसिंह ठगुन्ना


मुलुकभरि नै वायु प्रदूषणको मात्रा बढेको छ । अहिलेको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डभन्दा निकै खराब अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय वायु प्रदूषणले विश्वभर प्रतिवर्ष लगभग तीन मिलियन (तीस लाख) अकाल मृत्यु हुने गर्छ । मापदण्डअनुसार हावाको गुणस्तर सूचक ५० सम्म रहनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५० देखि १०० सामान्य र त्योभन्दा माथि हानिकारक मानिन्छ । दुई सयभन्दा माथि जानु घातक र तीन सयभन्दा माथि अति अस्वस्थकर मानिन्छ ।
वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यू एअर’को तथ्याङ्कले केही दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ । म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । आईक्यू एअरका अनुसार २९ मार्च २०२१ सोमबार दिउँसो काठमाडौँ विश्वका ९४ सहरमध्ये दक्षिण कोरियाको बुसान सहरपछि दोस्रो बढी प्रदूषितमा रह्यो । प्रदूषित सहरको सूचीमा बङ्गलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौथो, भारतको कोलकाता पाँचौँ, म्यानमारको याङ्गुन छैटौँ र भारतको दिल्ली सातौँ स्थानमा थिए ।
यो प्रदूषणले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाउँछ । स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छ्युँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमणको जोखिम हुन सक्छ । ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित हुने सम्भावना हुन्छ ।

मानसिक स्वास्थ्यमा असर
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक बिलियन (अर्ब) मानिस मानसिक रोगी रहेकोे तथ्याङ्क छ । मानसिक रोग विश्वव्यापी रूपमा फैलिएको एक प्रमुख र द्रुत गतिमा वृद्धि भइरहेको रोग हो । डब्ल्यूएचओले हालसालै वायु प्रदूषणलाई समयपूर्व मृत्युको प्रमुख वातावरणीय कारणका रूपमा स्थान दियो । लामो समयसम्म वायु प्रदूषणको जोखिम खराब मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । वायुमा हानिकारक ग्यासको मात्रा बढेकाले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ । हावा प्रदूषण हृदय र श्वासप्रश्वास रोग र मृत्युदरका लागि जोखिमको कारक हो । फोहोर हावाले व्यक्तिको दिमागमा नकारात्मक असर गर्ने एवम् मानसिक स्वास्थ्यका लागि खराब छ भन्ने विभिन्न अनुसन्धानको प्रमाणले पुष्टि गर्छ । विगत दशकमा, अनुसन्धानकर्ताले पत्ता लगाएका छन् कि उच्चस्तरको वायु प्रदूषणले बच्चाको संज्ञानात्मक क्षमतालाई बिगार्न सक्छ, वयस्कको संज्ञानात्मक गिरावटको जोखिम बढाउन सक्छ र सम्भवतः डिप्रेसनमा योगदान पु¥याउँछ ।
१९७० को दशकदेखि बढेको हो, उच्चस्तरको वायु प्रदूषण । यसले हृदय र श्वासप्रश्वास स्वास्थ्यलाई हानि पु¥याउँछ, मुटु र फोक्सोको रोगबाट प्रारम्भिक मृत्युको जोखिम बढाउनुका साथै मानसिक सुस्वास्थ्यमा वायु प्रदूषणको नकारात्मक प्रभाव पर्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गर्छ । हावा प्रदूषक जस्तै न्यानो पार्टिकल्स, पार्टिकुलेट पदार्थ, ओजोन, यातायातसम्बन्धी वायु प्रदूषणलाई मानसिक स्वास्थ्यसँग जोड्छ, साथै न्युरोलोजिकल
(नशासम्बन्धी) र साइक्रियाटिक डिस अर्डर्स (मानसिक समस्या)को बढ्दो घटना जस्तै संज्ञानात्मक गिरावट, डिमेन्सिया (अल्जाइमर रोगसहित), चिन्ता, डिप्रेसन र आत्महत्याको जोखिम बढाउँछ भनी विभिन्न अध्ययनको निष्कर्ष छ ।
महामारीविज्ञानको प्रमाणले केही वायु प्रदूषक र मानसिक स्वास्थ्यको समस्या डिप्रेसन, चिन्ता, मनोविकृति, बिर्सने रोग (डिमेन्सिया, अल्जाइमर रोगसहित), बाल्यकालको संज्ञानात्मक विकास र आत्महत्याबीचको सकारात्मक सम्बन्ध रहेको देखाउँछ । केही अध्ययनमा वायु प्रदूषणको वृद्धिको परिणामस्वरूप मनोवैज्ञानिक समस्याको जोखिम बढेको र आपतकालीन कल (फोन)मा वृद्धि, व्यवहारमा परिवर्तन र मानसिक सुस्वास्थ्यमा कमी र स्नायु प्रणालीको विकासमा समस्या र वयस्कको कार्यमा हस्तक्षेप गर्छन् । खोजहरूले सुझाव दिन्छ कि यातायात सम्बन्धित वायु प्रदूषणले मानसिक स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको छ । वायु प्रदूषणको गुणस्तरमा सुधारले मानसिक समस्याबाट छुट्कारा पाउन सहयोग पुग्छ ।

जलवायु परिवर्तन संरक्षणमा मनोविज्ञान
वातावरणीय मनोविज्ञानको उपयोग गरेर मानव व्यवहार बुझ्न र जलवायु परिवर्तनको समस्या कम गर्न एवम् सूचित गर्न सहयोग मिल्छ । वातावरणीय मनोविज्ञान एक अन्तःविषय क्षेत्र हो, जुन व्यक्ति र उनीहरूको वरपरकाबीचको अन्तक्र्रियामा केन्द्रित हुन्छ । यसले प्राकृतिक वातावरण र हाम्रो निर्मित वातावरणले हामीलाई व्यक्तिका रूपमा आकार दिने तरिकाको परीक्षण गर्छ ।
विश्वभरि वातावरणीय समस्या बढ्दै गइरहेको अवस्थामा दिगो व्यवहारको विकास बढी दबाबमा भइरहेको छ, जसमा वातावरणीय मनोविज्ञानले महŒवपूर्ण भूमिका खेल्न सक्छ । वायु प्रदूषक धेरै तरिकामा कम गर्न वातावरणीय मनोवैज्ञानिक र दिगो विकास चिकित्सक मिलेर काम गर्न सक्छन् र राम्रो भविष्य सिर्जना गर्न सक्छन् ।
विशेष रूपमा, जलवायु र वातावरणीय मनोवैज्ञानिकले वातावरणीय समाधानबारे सन्देशमूलक अनुसन्धान गरी मानिसलाई उनीहरूको व्यवहार परिवर्तन गर्न हौसला प्रदान गर्ने । मानिसले सकारात्मक व्यवहार अपनाउँदैनन् भन्नेबारे छलफल गर्ने र मानिसलाई प्राकृतिक संसारमा आफ्नो अवस्थामा पुनर्विचार गर्न प्रोत्साहन दिने, ग्राहकलाई थप दिगो जीवन बिताउन सहयोग गर्ने कार्यमा संलग्न भएर सहयोग पु¥याउन सक्छन् । मानिसमा मौसम परिवर्तनको प्रभावले जीवनको गुणस्तरको धेरै पक्षलाई समेट्छ र मानसिक स्वास्थ्यलगायत अर्थ व्यवस्थादेखि समग्र स्वास्थ्यसम्मका क्षेत्रलाई असर गर्छ । जलवायु परिवर्तनले पौष्टिक खाना, आश्रयमा पहुँच सीमित राख्ने, स्वच्छ पानी, स्वच्छ सफा हावा पनि सीमित राखेर मानवअधिकारको उल्लङ्घन गर्छ ।
युएन दिगो विकास लक्ष्य १३ ले जलवायु परिवर्तन र यसका प्रभावविरुद्ध लड्न तत्काल कदम चाल्ने प्रस्ताव गरेको छ । यसले जलवायु परिवर्तन र मानसिक स्वास्थ्य असरबारे सामान्य चिन्ताको साथसाथै मनोवैज्ञानिकलाई जलवायु परिवर्तनका बारेमा आफ्नो विशेषज्ञता बाँड्न र जलवायु परिवर्तनको प्रभाव र मानवअधिकारको उल्लङ्घनबीचको सम्बन्धमा प्रकाश दिनका लागि प्रोत्साहित ग¥यो । यस्तै एउटा उदाहरण संयुक्त राष्ट्रसङ्घको २०१७ मा ११औँ वार्षिक मनोविज्ञान दिवस सम्मेलनको विषय, “जलवायु परिवर्तन ः मनोवैज्ञानिक हस्तक्षेप र मध्यस्थता अनुकूलन’’ भन्ने शीर्षक, मानिसमा मौसम परिवर्तनको प्रभावमा केन्द्रित थियो । सहभागीमा मनोवैज्ञानिक र युएन स्थायी मिसनका सदस्य, संयुक्त राज्य एजेन्सी, गैरसरकारी संगठन र निजी क्षेत्रका सदस्य थिए । नेपालमा पनि ११औँ वार्षिक मनोविज्ञान दिवसको कार्यक्रममा जलवायु परिवर्तनमा मनोवैज्ञानिक मध्यस्थताबारे अन्तक्र्रिया गरिएको थियो । विज्ञले जलवायु परिवर्तनले हुन सक्ने मनोवैज्ञानिक समस्या झिँझो लाग्ने, काममा जाँगर नलाग्ने र यसबाट दैनिक जीवनमा पर्ने प्रभावबारे सचेत हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनले सिद्धान्त, अनुसन्धान र अभ्यासमार्फत व्यावहारिक समाधानको चित्रण ग¥यो, जसले जलवायु परिवर्तन र त्यससँग सम्बन्धित प्राकृतिक प्रकोपको हानिकारक असरविरुद्ध राहत प्रदान गर्ने लक्ष्य लिएको थियो ।
मानसिक स्वास्थ्यको व्यक्तिगत र सामाजिक लागतलाई कम गर्न सार्वजनिक स्वास्थ्य प्रयासले सामाजिक वातावरणमा व्यक्तिगत विशेषता र कारकमात्र नभई, वायु प्रदूषणजस्ता भौतिक वातावरणको अवलोकनहीन पक्षलाई पनि ध्यान दिनुपर्छ । मनोवैज्ञानिक सिद्धान्त, अनुसन्धान र अभ्यासले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको विश्वव्यापी रूपमा व्यक्तिमा पर्ने हानिकारक प्रभावविरुद्ध, मानव र प्रणालीगत चुनौतीको सामना गर्ने तरिकाका लागि तयार गर्छ । वायु प्रदूषण नियन्त्रण गर्ने उत्तम विधि भनेको ऊर्जाको प्रयोग नगर्नु हो, जसले संरक्षण वा बढ्दो ऊर्जा दक्षतामार्फत प्रदूषक उत्पादन गर्छ । अर्को राम्रो तरिका भनेको प्रदूषण कम गर्न वैकल्पिक ऊर्जा स्रोतको प्रयोग गर्नु हो ।
मनोवैज्ञानिकले वायु प्रदूषणले ल्याएको परिवर्तनलाई आत्मसात् गरी लचिलो व्यक्ति र समाजको विकास गर्न सहयोग पु¥याउने तरिकाबारेमा दिगो विकास लक्ष्यको प्राप्तिमा योगदान दिन सकिन्छ । यो अवस्थाबाट बच्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न आवश्यक छ । फोहोरको उचित व्यवस्थापन, मापदण्डबाहिरका सवारी साधन सञ्चालनमा रोक र रूखबिरुवा रोप्नु मध्यमकालीन र दीर्घकालीन उपाय हुन् । प्रदूषण कम गराउने कार्यक्रम र रणनीति उत्कृष्ट र व्यावहारिक हुन आवश्यक छ । मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने वायु प्रदूषणलाई गम्भीरतापूर्वक लिएर सबै व्यक्ति, निकाय र सरकारले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ ।

(लेखक मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?