logo
२०८० चैत्र १६ शुक्रवार



म्यान्चेष्टर यूनाइटेड यूरोपा लिगको अन्तिम १६ मा पुग्यो

खेलकुद |


म्यान्चेष्टर यूनाइटेड यूरोपा लिगको अन्तिम १६ मा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १४ गते । म्यान्चेष्टर यूनाइटेड यूरोपा लिगको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ । यूरोपा लिग राउन्ड अफ ३२ को दोस्रो लेगमा रियल सोसिडाडले म्यान्चेष्टर यूनाइटेडलाई गोलरहित बराबरीमा रोक्यो । यद्दपी तटस्थ भूमिमा गत साता सम्पन्न खेलमा म्यान्चेष्टर यूनाइटेडले दर्ता गरेको ४–० को जितले उसलाई यूरोपा लिगको अन्तिम १६ मा पुर्याएको हो ।
दुबै टोलीले गोलका लागि केही अवसर सृजना गरे पनि सफल हुन सकेनन । मिकेल ओर्जिबलले पाउनुभएको पेनाल्टी गोलको दिशा लिन नसक्दा भ्रमणकारी रियल सोसिडाड गोल गर्ने उपयुक्त अबसरबाट चुक्न पुग्यो । यूनाइटेडका डेनियल जेम्सले हेडरमार्फत् गर्नुभएको गोलको प्रयास सोसिडाडका अलेजेण्ड्रो रेमिरोले विफल तुल्याउनुभयो । हाफ टाइम हुन केही समय मात्रै बाँकी रहँदा मार्कश राशफोर्ड गोल नजिक पुग्नुभयो तर सफल हुनुभएन ।
एलेक्स टेल्सको कर्नरलाई गोलमा परिणत गरेको भन्दै एसेल टुन्जेबेले यूनाइटेडका लागि पहिलो गोल गरेको उत्सव मनाइरहँदा भिडियो रिभ्युबाट अस्वीकार गरियो ।
म्यान्चेष्टर यूनाइटेडले स्थान सुनिश्चित गरेसँगै यूरोपा लिगको अन्तिम १६ मा चारवटा बेलायती क्लब नै पुग्न सफल भएका छन् । यूनाइटेडसँगै टट्नहम, आर्सनल र रेन्जर्स चारवटै टोलीले स्थान पक्का गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?