logo
२०८१ बैशाख ८ शनिवार



चौंरी याक गोठ विस्थापित हुँदै   

खुला |


चौंरी याक गोठ विस्थापित हुँदै   
फाईल तस्विर


दिलकुमार लिम्बू    
फुङ्लिङ, माघ १गते । ताप्लेजुङ फक्ताङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाको पुख्र्यौली पेशा चौंरी याक गोठ हो । उहाँको बाजेको पालादेखि नै चौंरी याक गोठमा चौंरी याकको छुर्पी र घीउ बनाउँदै आएको थियो । उहाँ बिवाह गरेर छुटिँदा २० वटा याक बुबाले दिनुभयो । उहाँको अंश त्यही २० याक भयो ।    
    
हिमाली बस्ती भएकाले यहाँ खेतीपाती हुदैन । उहाँले पाएको २० चौंरी याकबाट ४५ वटासम्म पु¥याउनुभयो र गोठ विस्तार गर्दै जानुभयो । कञ्चनजङ्घा संरक्षण क्षेत्र घोषणा भएपछि वन्यजन्तु मार्न नपाउने र वन्यजन्तुले घर पालुवा जनावर मार्न थालेका कारण चौंरी याक गोठ बेच्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँले अहिले आफ्नो पुख्र्यौली पेशा नै परिवर्तन गरी गेष्ट हाउस सञ्चालन गर्नुभएको छ ।    
    
यसरी पुर्ख्र्यौली पेशा चौंरी याक गोठ छोड्ने पेमा शेर्पा मात्र होइन । टाँसी तेञ्जी शेर्पाले पनि पुख्र्यौली पेशा चौंरी याक गोठ छोडेर होटल व्यवसायमा संलग्न हुनुभएको छ ।फलेटरका लाक्पा भोटियासँग केही वर्ष अगाडि ५० वटा चौंरी याकको गोठ थियो ।

संरक्षण क्षेत्र घोषणा भएपछि वन्यजन्तुले घरपालुवा चौंरी याक मार्न थालेपछि उहाँले पनि यो पेशा परिवर्तन गर्ने सोचमा पुग्नुभएको छ । दिनदिनै हिउँ चितुवा, ब्वाँसो, भालु, बाघलगायत अन्य जङ्गली जनावरले चांैरी याक मार्न थालेपछि गोठ बेच्न बाध्य भएको उहाँको भनाइ छ । उहाँसँग अहिले आठ फम्जो (भारी बोक्ने चौंरी) छन् ।    
    
ताप्लेजुङ कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने हिमाली भेगका शेर्पा, भोटिया र गुरुङ समुदायको पुख्र्यौली पेशा भनेकै चौंरी याक हो । पुर्खाले अङ्गाल्दै आएको पेशा भनैकै चौंरी याक गोठ भएको घुन्साका स्थानीयवासी केल्साङ शेर्पाले बताउनुभयो । केही वर्ष अगाडि प्रत्येक घरमा चौंरी याक गोठ थियो । तर अहिले फले र घुन्सा क्षेत्रमा तीन घरले मात्र चौंरी याक गोठ छाडेको छैन् । अरु सबैले छोडिसकेको छ । एउटा याक रु ६० देखि ८० हजारसम्म खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो ।    
    
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले हिउँ चितुवाले चौंरी याक मा¥यो भने प्रतिचौंरी याक आठ हजारका दरले राहत उपलब्ध गराउँदै आएको छ । संरक्षण क्षेत्रभित्र ओलाङचुङ गोला, याङमा, घुन्सा र याम्फुदिन गरी चार हिउँ चितुवा समिति गठन गरेर प्रत्येक समितिमा कोष स्थापना गरिदिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताउनुभयो ।    
    
परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले भन्नुभयो, “प्रत्येक हिउँ चितुवा समितिमा रु १५ देखि १८ लाखको कोष परिषद्ले स्थापना गरिदिएको छ । उहाँका अनुसार हिउँ चितुवाले चौंरी याक खाएमा त्यही रकमको ब्याजले समितिले मूल्याकङ्न गरेर राहत उपलब्ध गराउँछ ।

एउटा याकको मूल्य रु ८० हजार पर्ने तर हिउँ चितुवाले मा¥र्यो भने रु आठ हजार मात्र राहत उपलब्ध गराउने भएकाले यसको खासै औचित्य नरहेको फोलेटारका स्थानीयवासी लाक्पा फोटियाले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?