logo
२०८१ बैशाख ६ बिहीवार



हिमशृङ्खलालाई पर्यटनसँग जोड्नुपर्छ

पर्यटन |


हिमशृङ्खलालाई पर्यटनसँग जोड्नुपर्छ


कास्की समाचारदाता

पोखरा, पुस २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले हिमशृङ्खलाहरू साहसिक पर्यटनका महìवपूर्ण आधार भएको बताउँदै पर्यटनसँग जोडनुपर्ने बताउनुभएको छ । हिमाल आरोहण प्रवर्धन कार्यक्रमका सहभागीलाई सोमबार पोखरामा बिदाइ गर्दै उहाँले हिमशृङ्खलालाई पर्यटन बजारमा उपयोग गर्दै समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा खुला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले नेपाल पर्वतारोहण सङ्घलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उहाँले त्यसमार्फत प्राप्त हुने रोयल्टीलाई अन्य हिमालको प्रवर्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउँदै पोखरालाई पर्यकीय सहरका रूपमा विकास गर्न खोजेको बताउनुभयो ।
मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरूमा आरोहणका गतिविधि बढाउन प्रवर्धनात्मक कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्न लागिएको बताउँदै उहाँले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अगाडि बढाउन महìवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?