logo
२०८१ बैशाख १२ बुधवार



पटके डाँडामा पूर्वाधार बनेसँगै पर्यटकको चहलपहल बढ्यो

पर्यटन |


पटके डाँडामा पूर्वाधार बनेसँगै पर्यटकको चहलपहल बढ्यो


कोकिला भण्डारी
धनकुटा मंसिर २९ गते । जिल्ला कै अग्लो पटेक डाँडामा भौतिक पुर्वाधार निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । यतिबेला पटेक डाडा पर्यटकहरुको रोजाइमा पर्न सफल भएको छ । पर्यटनकै माध्यमबाट जिल्लालाई चिनाउन पटेक डाँडालाई सिगार्न थालिएको हो ।
संघीय सांसद राजेन्द्र कुमार राईको पहलमा छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ मा जिल्लाकै अग्लो पटेक डाँडालाई सिगार्न पर्यटन पूर्वाधार निर्माणका कामहरु भईरहेका छन् ।
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र छथर गाउँपालिका तेह्रथुमको सिमानामा रहेको यस डाँडाको उचाई समुद्री सतहबाट दुई हजार ७०२ मिटर रहेको छ ।
संघीय सांसद राईको पहलमा गत आर्थिक बर्ष २०७५ सालबाट हाल सम्म छथर जोरपाटी गाउँपालिका क्षेत्रमा मात्र १ करोड ५७ लाख लगानी भएको गाउँपालिकाका योजना अधिकृत दुर्गाबहादुर राणाको भनाई छ । उहाँका अनुसार हालसम्म सिंधुवा बजारको हलहलेबाट ११८ मिटर कच्ची सडक, २२७ मिटर सिंढी र ४६३ मिटर रेलिङ निर्माण गरिसकिएको छ ।
गाउँपालिका क्षेत्रबाट २०७५ सालमा हलहले पटेक डाँडा प्रारम्भिक बाटो निर्माणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १० लाख रुपैयाँ लगानीबाट गाउँपालिकाले काम शुरु गरेको थियो । योसँगै सांसद राईकै पहलमा आर्थिक बर्ष ०७५÷०७६ मा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २० लाख, आर्थिक बर्ष ०७५÷०७६ मा पर्यटन मन्त्रालय प्रदेश सरकारको २० लाख लगानी भएको छ ।
यसैगरी आर्थिक बर्ष ०७५÷०७६ र गत आर्थिक बर्ष ०७६÷०७७ मा सांसद राईकै पहलमा पुनः पर्यटन मन्त्रालय केन्द्रिय कार्यालयको बार्षिक ५० लाख गरी एक करोड लगानीबाट पूर्वाधार निर्माण भईरहेका छन् ।
चालू आर्थिक बर्षमा भने कोरोनाका कारण लगानी हुन नसके पनि उक्त योजना सुधारका लागि हलहले पटेक डांँडामा गाउँपालिकाले बिभिन्न मर्मत सम्हारका काममा सात लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
यस स्थानबाट मकालु, कनचनजंघा लगाएत बिभिन्न हिमश्रृंखला र आसपासका मनमोहक दृष्य हेर्न सकिने भएकाले पटेक क्षेत्रमा हरेक दिन पर्यटकहरुको चहलपहल बढ्न थालेको निर्माण समितिका अध्यक्ष गोमा कार्कीको भनाई छ ।
पूवार्धार बिकास सँगै यस क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त स्थानबाट ईलामको अन्तुडाँडा जस्तै सूयोदयको दृष्य र प्रदेश नं.१ का १४ जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरुको मन लोभ्भिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?