logo
२०८० चैत्र १६ शुक्रवार



टिप्परको ठक्करबाट फेरि क्षति

खुला |


टिप्परको ठक्करबाट फेरि क्षति



लुम्बिनी समाचारदाता
बुटवल, मङ्सिर ७ गते । बुटवलमा आइतबार साँझ टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
लु २ ख १९०५ नम्बरको टिप्परले बुटवलको नयाँ बसपार्क अगाडी ठक्कर दिँदा लु ११ प ४२१६ नम्बरको मोटरसाइकलमा सवार पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका ५० वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट घाइते सोतीको उपचारका लागि नजिकैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदा लैजाँदै मृत्यु भएको हो ।
ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्परको ठक्करबाट बुटवल क्षेत्रमा यसअघि धेरै जनाको ज्यान गइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?