logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा

अन्तर्राष्ट्रिय |


अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा
तस्विर-डब्ल्युएसजे


कोलम्बो, कात्तिक १२ गते।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुग्नुभएको छ । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुग्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री पोम्पेओ हाल भारतको भ्रमणमा रहनुभएको थियो । उहाँ भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुग्नुभएको बताइएको छ ।
उहाँले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिनुभएको हो । ट्वीटमा उहाँले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गर्नुभएको छ । उहाँले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिनुभएको हो । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?