logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना सङ्क्रमित थप दुईको मृत्यु

खुला |


कोरोना सङ्क्रमित थप दुईको मृत्यु



तानसेन समाचारदाता
पाल्पा, कात्तिक १२ गते । पाल्पामा थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा एक जना पूर्वखोला गाउँपालिका –३ की ६९ वर्षीया महिला हुन् भने अर्का एक जना रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
पाल्पामा हालसम्म एक हजार १०३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८५८ जना निको भईसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?