logo
२०७८ श्रावण १८ सोमवार

दैनिक अध्यावधिक

image
1981

सङ्क्रमित

image
2020

निको भएका

image
18

मृत्यु भएका

मिति:श्रावण १७, २०७८ (१६:२९)
स्राेत:https://covid19.mohp.gov.np/



बेलायतमा कोरोनाका कारण मेपछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

अन्तर्राष्ट्रिय |


बेलायतमा कोरोनाका कारण मेपछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु
तस्विर-फाइल


लण्डन, कात्तिक १२ गते । बेलायतमा कोरोना भाइरसका कारण गत् मे महिना पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् ।
बेलायतका पब्लिक हेल्थ मेडिकल डाइरेक्टर डा। यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “निरन्तर उस्तै छ ।”
उहाँले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान  गर्नुभएको छ ।
“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरिको संख्यामा पनि बृद्धि भएको देखिएको छ ।
बीचमा केही समय घटेको देखिए पनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?