logo
२०८० चैत्र १६ शुक्रवार



च्याउ टिप्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु

प्रदेश |


च्याउ टिप्न गएका दुई जनाको  बाघको आक्रमणबाट मृत्यु


मुकुन्द सुवेदी
बर्दिया, कात्तिक ११ गते ।  बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा बाघले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । भारतीय वनमा लगी मारेको स्थानीयले बताएका छन् ।
बाघको आक्रमणमा परी मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ वर्षीय दिनेश थारु र सोही ठाउँ बस्ने २६ वर्षीय रमेश चौधरी छन् । धनौराको बेलझुण्डी सामुदायिक वनमा दिनेश चौधरी बिहान १० बजेतिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । भने उनी घर नफर्किएपछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो । अध्यक्ष मल्लले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटर भित्रसम्म पुर्याएको बताउनु भयो । मृतक दुवैजना सालाभिनाजु नाता पर्ने हुन् ।
एकसाता अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन नगरपालिका–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको मृत्यु भएको थियो भने केही महिना पहिले बाघको आक्रमणमा परी सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै उक्त बाघ नरभक्षी भएको हुनसक्ने भएकोले तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?