logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न

अन्तर्राष्ट्रिय |


अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त, शपथ ग्रहण पनि सम्पन्न
तस्विर-द् न्युर्योक टाइम्स


वासिङ्टन, कात्तिक ११ गते।
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका रुपमा एमी कोने ब्यारेटले शपथग्रहण गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेपछि उहाँले सपथग्रहण गर्नुभएको हो ।
सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायधिश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उहाँको नियुक्तिमा विवाद हुँदै आएको थियो । सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका थिए ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ बर्षिय एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नुभएको थियो । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।
ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश हुनुहुन्थ्यो । उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गर्नुभएको हो । उहाँले मङ्गलबारदेखि नै काम शुरु गर्नुहुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?