logo
२०८० चैत्र १५ बिहीवार



भौतिक दूूरी कायम गरी कुुमारी दर्शनकाे व्यवस्था

खुला |


भौतिक दूूरी कायम गरी कुुमारी दर्शनकाे व्यवस्था
फाइल तस्बिर


सरोज आचार्य

काठमाडौँ, कात्तिक ८ गते । बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनुभएको छ ।
पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।
कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउनुहुन्छ । किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहनुभएका अन्य कुमारी पनि घरमै रहनुहुने भएको छ ।
वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गर्नुभएको छ ।
वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी बस्तीमा प्रचलनमा रहनुभएका कुमारीको छुट्टै महत्व छ ।
भक्तपुरमा अलग व्यवस्था
भक्तपुरको एकान्तकुमारी भने घरमै रहनु हुने भएको छ । भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन पाउने छैनन् । भक्तपुर गुठी संस्थानका शाखा प्रमुख आनन्द कर्माचार्यका अनुसार एकान्तकुमारीको पूजन भने गुठियारले मात्र गर्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?