logo
२०८० चैत्र १६ शुक्रवार



सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय |


सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु
तस्विर-टीएनएस वल्र्ड


कराँची, कात्तिक ६ गते। पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो ।
दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो । पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पिडिएम० को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ । कराँचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए ।
जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज ९पिएमएल–एन० का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?