logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोभिड १९ सङ्क्रमित ७३ लाख ७२ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोभिड १९ सङ्क्रमित  ७३ लाख ७२ हजार नाघ्यो


नयाँ दिल्ली, असोज ३० गते।
भारतमा शुक्रबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख १२ हजार २१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८३५ जनाको मृत्यु भएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।
अझै पनि भारतभरी ८ लाख ७ हजार १२६ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९२७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९२ लाख ५२ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९४ लाख २२ हजार ४११ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।


सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?