logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने - राष्ट्रपति ट्रम्प

अन्तर्राष्ट्रिय |


अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने - राष्ट्रपति ट्रम्प
तस्विर-फाइल


वाशिङ्टन, असोज ५ गते।
स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भन्नुभयो, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।”
आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उहाँले बताउनुभयो ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गर्नुभयो ।
“अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ,” ट्रम्पले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?