logo
२०८० चैत्र १६ शुक्रवार



सोनयाहीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट

प्रदेश |


सोनयाहीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट


जयकृष्ण यादव

इनरुवा, असोज ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ सोनयाहीमा नेपाल भारत सीमा नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी)को नयाँ बेस क्याम्प स्थापना भएको छ । सीमा सुरक्षालाई ध्यानमा राख्दै सरकारको निर्णय अनुसार नै बीओपीको नयाँ बेस क्याम्प स्थापना भएको हो ।

हरिनगरा गाउँपालिकाको भुटाहा र भारतको बसमतिया सडक जोड्ने गरि सोनयाही र भोक्राहा गाउँपालिकाको फुल चौकसम्मको सीमा सुरक्षा जाने बाटोमा गस्ती गर्ने गरी बी.ओ.पीको स्थापना भएको जनाएको छ । सोनयाहीमा लकडाउनको बीचमा ११ कट्ठा १५ धुर जग्गामा सशस्त्र प्रहरी बल (बीओपी) बेस क्याम्पको स्थापना गरिएको सशस्त्र प्रहरी बल भोक्राहाका इन्चार्ज भक्तबहादुर चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार सरकारले भारत र चीन सीमामा नेपाली भूमि सुरक्षाको लागि नेपालमा १२० वटा बी.ओ.पी क्याम्प थप्ने निर्णय भएकोले सोही मध्ये एक बीओपी भोक्राहा नरसिंह ८ उल्टी सोनयाहीमा क्याम्पको स्थापना गरेको हो । सशस्त्र प्रहरी बल (बीओपी) बेस क्याम्प स्थापनामा सशस्त्र प्रहरी बल सुनसरीको पहलमा स्थापना गरिएको हो । बी.ओ.पीको स्थापना गर्ने कार्यमा भोक्राहा नरसिंह ८ का वडा अध्यक्ष हातिम अन्सारी, सशस्त्र प्रहरी बल लोकहीका इन्चार्ज, वडाका सदस्यहरु, बुद्धिजीवीहरु, समाजसेवीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?