logo
२०८० चैत्र १६ शुक्रवार



पूर्वी नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु

पढ्नै पर्ने |
प्रदेश |


पूर्वी नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु


होमराज रानाभाट

कावासोती असोज २ गते । पूर्वी नवलपरासीमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। । देवचुली नगरपालिका वडा नं ११ का ३१ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा गएराती १२.१८ बजे उहाँको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजका अनुसार भरतपुर अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वास र निमोनियााको समस्या भए पछि भदौ २५ गते अस्पताल भर्ना भएका उहााको २६ गते कोरोना पुष्टि भएको थियो । उहाँको सघन उपचारकक्षमा राखी उपचार भैरहेकोमा गएराती १२.१८ बजे मृत्यु भएको हो ।

पूर्वी नवलपरासीमा कोरोनाका कारण हाल सम्म छ जनाको मृत्यु भइसकेको छ । पूर्वी नवलपरासीबाट आज ५६ जना कोरोना संक्रमितहरु देबचुलीको रजहरमा रहेको कोरोना अस्थायी अस्पतालबाट डिस्चार्ज भएका जिलला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?