logo
२०८१ बैशाख ७ शुक्रवार



टानका सदस्यलाई दस लाखसम्म ऋण

पर्यटन |


टानका सदस्यलाई दस लाखसम्म ऋण


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक समस्यामा परेका टे«किङ व्यवसायीलाई केही भए पनि राहत हुने भएको छ । टे«किङ व्यवसायीको छाता सङ्गठन टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले माछापुच्छे« बैङ्कसँगको सहकार्यमा सदस्यहरूलाई १० लाख रुपियाँसम्म क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता गरेको छ ।
सम्झौताअनुसार सदस्य कम्पनीका प्रबन्धकलाई प्रथम चरणमा न्यूनतम दुई लाख रुपियाँसम्मको क्रेडिट कार्ड उपलब्ध गराइने छ । त्यसपछि क्रेडिटको कार्डको नियम पालना भएको अवस्थाअनुसार अधिकतम १० लाख रुपियाँसम्म क्रेडिट कार्ड सुविधा सदस्य कम्पनीले पाउने छन् ।
यो सुविधा लिन उक्त बैङ्कमा खाता खोल्नुपर्ने र भुक्तानीका लागि टे«किङ एजेन्सीले छुट्टै डेबिट अथोरिटी दिनुपर्ने सम्झौतामा उल्लेख छ । एजेन्सीले मासिक ५ प्रतिशतका दरले न्यूनतम रकम भने एक वर्षसम्म भुक्तान गर्नुपर्ने छ । यो कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्न भने पाइने छैन ।
सम्झौतामा क्रेडिट कार्ड प्राप्त गर्न आवेदन, पान र दर्तासम्बन्धी कागजात, टानमा दर्ता र नवीकरण भएको इजाजत पत्र, पछिल्लो एक वर्षको बैङ्क स्टेटमेन्ट, प्रबन्ध पत्र र नियमावली उपलब्ध गराउनुपर्ने उल्लेख छ । सम्झौतामा टानका अध्यक्ष खुुमबहादुर सुवेदी र माछापुच्छे« बैङ्कका नायब महाप्रबन्धक सर्जुकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?