logo
२०८० चैत्र १६ शुक्रवार



ओझेलमा पर्यटकीय क्षेत्र दूधकुण्ड

पर्यटन |


ओझेलमा पर्यटकीय क्षेत्र दूधकुण्ड


रसुवा समाचारदाता

रसुवा, साउन २२ गते । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको पर्यटकीय दूधकुण्ड आवश्यक प्रचारप्रसारको कमीले ओझेलमा परेको छ भने सो स्थानसम्म पुुग्नका लागि सहज बाटोघाटो बन्न सकेको छैन ।
दूधकुण्डको पानी चामल पखालेको चौलानीजस्तै देखिन्छ । पहिले दूधजस्तै भएकाले दूधकुण्ड नामकरण गरिएको जनविश्वास छ । टिमुरेका प्रमुख लामा गुम्वोवाङ्डा लामाका अनुसार स्थानीयले यस कुण्डलाई तिब्बेतियन भाषामा ‘पेदाङ छो’ भन्ने गर्छन् ।
फूलको बोट र तोरमा जस्तै आकृति कुण्डका बीचमा देखिन भएकाले यसलाई स्थानीय भाषामा ‘पेदाङ छो’ भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अगाडि लामाहरूले पत्ता लगाएको लामा समुुदायले विश्वास गर्ने गरेका छन् । गत्लाङको पार्वती कुण्ड र दूधकुण्ड दिदीबहिनी भएको विश्वास पनि लामा समुुदायमा
रहेको छ ।
स्थानीय कामीनुर्पु तामाङका अनुुसार कुण्डमा बर्सेनि भदौ पूर्णिमाका दिन मेला लाग्ने गरे पनि धेरै वर्षदेखि मेला नियमित छैन । यस वर्ष पनि कोभिड–१९ का कारण मेला लाग्न सकेन ।
सदरमुकाम धुन्चेदेखि झन्डै पाँच दिनको पैदल यात्रमा यहाँ पुुग्न सकिन्छ । उचित बाटो नभएकाले विदेशी पर्यटक नक्सा हेरेर दूधकुण्ड पुग्ने गरेका छन् ।
टिमुरेदेखि चार दिन लाग्ने बाटो वरपर कुनै बासस्थान नभएकाले यात्रा गर्दा टेन्ट, खाने सामानलगायत बन्दोबस्तीका सामग्री लिएर जानुपर्ने बाध्यता कारण पर्यटकको आकर्षण यो क्षेत्रमा हुन सकिरहेको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?