logo
२०८० चैत्र १६ शुक्रवार



बालीमा सलहकाे क्षति राेक्न आकस्मिक तयारी बैठक

प्रदेश |
फिचर |


बालीमा सलहकाे क्षति राेक्न आकस्मिक तयारी बैठक


नेत्र शाही जुम्ला

जुम्ला असार २९ गते । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा आकस्मिक बैठक बसेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर रोकथामका लागि आकस्मिक छलफल तथा तयारी शुरु गरिएको हो । बैठकमा सलह जुम्लामा पुगेपछि कृषि विज्ञहरूसँगको राय सहितको छलफलसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।

कृषि कार्यालयक प्रमुख देवकोटाको अध्यक्षतामा बसेको बैठकमा सलहको परिचयसहित यसले पुर्याउने क्षतिको विषयमा कृषि विज्ञहरूले सरोकारवालालाई जानकारी दिएर कृषि तथा खाद्य सुरक्षाका निर्णय गरिएको हो । बैठकमा कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले सलह डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिनुभयो । उहाँले फिल्डमा समेत अनुगमन भइसकेकाले किसानहरु आफैँ बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिनुभयो । जुम्ला पुगेको सलहले कुनै बालीमा बसेमा सखाप पार्न गरेको बताउनुभयो ।

स्याउ सुपरजोन जुम्लाका प्रमख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौँको नभई हजारौँकाे सङ्ख्यामा छन् । नेपालमा यसले खासै धेरै क्षति नपुर्याएको भए पनि तयारी हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार रातभरि केही नगरी बिहान घाम लाग्नेबित्तिकै बाली खोज्दै जाने यसको विशेषता हाे ।

अर्को कुरा नेपालमा आइरहेको सलह समुह छुट्दै आइरहेको र कमजोर हुँदैगएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा. तीर्थ रिजालले जुम्लामा अाठदेखि १० हजारको सङ्ख्यामा सलह आइरहेको देखिएको बताउनुभयो । उहाँले यसको उत्तम उपाए मेकानिकल उपाय रहेको जानकारी गर्नुभयो । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकायहरू सचेत हुन जरुरी रहेको जानकारी दिनुभयो । 

कृषि कार्यालयमा सलह अपडेट केन्द्र राखिने

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको उपस्थितिमा बसेको बैठकमा जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

सलहको क्षतिबाट बच्न जिल्लास्थित सञ्चार माध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाएर अगाडि बढ्नेसमेत जानकारी दिनुभयो । 

प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकायहरू समयमै सचेत हुन अनुरोध गर्नुभयो । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा समेत अहिले क्षति पुर्याउन शुरु गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?