logo
२०८० चैत्र १५ बिहीवार



उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

अन्तर्राष्ट्रिय |


उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म


उलान बाटोर
असार २६ गते । उडिरहेको विमान भित्र मङ्गोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।
जन्मिएका ती बच्चाहरू बालिका हुन् भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुवै बच्चाहरूलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मङ्गोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिनुभयो ।
विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताउनुभयो । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।
ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?