logo
२०८० चैत्र १५ बिहीवार



वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

अन्तर्राष्ट्रिय |


वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ
तस्विर–अलजजिरा


काबुल
असार २२ गते । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरू शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिनुभएको सो समाचारमा उल्लेख गरिएको हो । उहाँले अफगानिस्तानका तालिबानहरू त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताउनुभएको हो ।

अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै उहाँले ट्वीट गरेर अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरू तयार रहेका आफूले पाएको बताउनुभएको हो ।

उहाँले यहाँ शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरू स्वयं तयार नभएसम्म हुँदैन भन्दै तर त्यसका लागि उनीहरू तयार रहेको पाइएको बताउनुभयो । अमेरिकाले अफगानिस्तानका तालिबानहरूसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।

कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरूले पनि आफूहरू शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरूले राखेका शर्तबमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?