logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु
तस्विर-द खामा प्रेस


काबुल, असार २० गते। अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?