logo
२०८१ बैशाख ८ शनिवार



ओखलढुङ्गाका छ सामुदायिक वनमा आकर्षक पार्क

पर्यटन |


ओखलढुङ्गाका छ सामुदायिक वनमा आकर्षक पार्क


ओखलढुङ्गा, असार १२ गते । ओखलढुङ्गाका छ वटा सामुदायिक वनमा आकर्षक पार्क निर्माण गर्न थालिएको छ । डिभिजन वन कार्यालय, ओखलढुङ्गाले जिल्लाका छ वटा सामुदायिक वनमा आकर्षक पार्क निर्माण शुरु गरेको हो । कार्यालयले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पार्क निर्माण गरिरहेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो । पार्क निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उहाँको भनाइ छ । सामुदायिक वनमा निर्माण थालिएका पार्कमा प्रतीक्षालय, रेलिङसहितको सिँढी, बगैँचालगायतका संरचना निर्माण भइरहेका छन् ।

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६० लाख रुपियाँ बजेटमा लिखु गाउँपालिका-३ को थामपाखा सामुदायिक वन, चम्पादेवी-३ को तोरीबारी सामुदायिक वन, सुनकोसी-८ को देवीस्थान सामुदायिक वन, सिद्धिचरण-९ को ज्यामिरे सामुदायिक वन, सिद्धिचरण-११ को कालीकादेवी महिला सामुदायिक वन र चिशङ्खुगढी-३ को जामुने कमेरेपानी सामुदायिक वनका उपभोक्ता समितिसँगको सहकार्यमा पार्क निर्माण गरिरहेको छ । सामुदायिक वनसँगको सहकार्यमा निर्माण थालिएका पार्क निर्माण अन्तिम चरणमा पुगेकाे डिभिजन वन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?