logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित डेढ लाख नाघे

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित डेढ लाख नाघे


नयाँदिल्ली, जेठ १४ गते। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको छ हजार ३८७ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार ७६७ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा १७० जनाको मृत्यु भएको छ । योसहित भारतमा कूल मृत्यु भएका व्यक्तिको सङ्ख्या चार हजार ३३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४२५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतको महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । महाराष्ट्रमा हालसम्म ५४ हजार ७५८ जना सङ्क्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना सङ्क्रमित देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?