logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते


लखनउ, जेठ १० गते।
भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिड-१९ लाई जितेका छन् । यसले कोभिडविरुद्धको लडाइँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ ।
कोभिड १९ को सङ्क्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाइपछि आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस सङ्क्रमित उनको एकहप्ताको बसाइपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए । त्यहाँ एक हप्ता बसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो । लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती बिरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिनुभयाे ।

उनले ती बिरामी सन् २०१९ को मेदेखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए । क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका बिरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती बिरामी भने हप्ता दिनमा नै निको भएर फर्किएकाले कोभिडविरुद्धको लडाइँमा थप आशा जागेको भाटले बताउनुभयाे 

भारतको उत्तर प्रदेश राज्यमा मात्र पाँच हजार ७३५ जना कोभिडका सङ्क्रमित छन् । यहाँका तीन हजार २३८ जना निको भएर घर फर्किएका छन् । यस प्रदेशका १५२ जना सङ्क्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म एक लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस सङ्क्रमित रहेका बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?