logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनमा अन्नपुर्ण पदमार्गमा धमाधम सिँढी निर्माण

पर्यटन |


लकडाउनमा अन्नपुर्ण पदमार्गमा धमाधम सिँढी निर्माण


 तारा चापागाई
पोखरा, बैशाख ३१ गते । पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपुर्ण पदमार्गमसगै आसपासका पदमार्गलाई लकडाउनका समयमा व्यवस्थित वनाउने काम भै रहेको छ ।
कास्कीको अन्नपुर्ण गाँउपालकाले आफनो क्षेत्रमा पर्ने अन्नपुर्ण पदमार्ग अन्र्तगत अष्ट्रेलियन क्याम्प सिढी निर्माणको काम सुरु गरेको हो । पोखरादेखि अन्नपुर्ण आधार शिविर पुग्न सकिने सो बाटो बनेपछि यात्रा थप सहज हुनेछ । काडे अष्ट्रेलियन क्याम्प हुदै पितम देउराली सम्मको बाटो निर्माण कार्य शुरु भएको गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनु भयो ।

“अन्नपुर्ण आधार शिविर जान लागेका पर्यटक लडेर दुई पटकसम्म हात खुटा भाचियो , सामान्य घाइते त धेरै भए , गत वर्ष बाटै शुरु गर्ने भनेको हो , । पर्यटककको चापले बाटो शुरु गर्ने पाएका थिएनै हाल लकडाउनका समय पदमार्ग सुनसान भएकाले काम गर्न सहज हुने भएकाले मौका छापेका हौ, काममा समेत यतिबेला सहज भएको । ”पदमार्ग वनाउने काममा स्थानीयवासीलाई नै काममा लगाएको अध्यक्ष कुँवरको भनाइ छ । लकडाउनका काम नपाएका स्थानीय सगै मजदुरलाइ राहत भन्दा अन्य ११ ठाँउमा पनि सिढी बनाउने काम लगाएको उहाले जानकारी दिनु भयो । “काम गरेर खान्छु भन्नेलाइ गाँपालिकाले सहज तरिकाले काम लगाउने र कोहि भोकै मर्न प्रर्दैन, राहत भन्दा रोजगारीमा आफुहरुले ध्यान दिएको अध्यक्ष कुँवरको दावी गर्नुभयो ।

धेरै जसो स्थानिय तहमा राहत वितरणमा भेदभाव भएको गुनासो विच गाउपाललिकाले रहत भन्दा रोजगारीलाई ध्यान दिएर अघि बढेको भनाई कुवरको छ । कामका आधारमा राहत दिने थितिी बसाल्न लागेको भन्दै दिनभरी काम गर्ने र बेलुका खाद्यन्य लैजाने परिपाटी गाउपालीकाले सुरु गरेको उहाले बताउनुभयो ।

गाँउपालिकाको ३० लाख सहयोगमा अन्नपुर्ण ३ को नयाँ चौतारा सेलिङ तथा गोलडाँडा माथी सिढी हाल्ने काम भैरहेको निर्माण समितिका अध्यक्ष विकास गुरुङले बताउनु भयो ।
८८ वटा सिढी, एक सय ६५ मिटरमा सेलिङ तथा एक हजार ६ सय १३ वर्ग मिटर क्षेत्रफल छपनि बिछयाउनु पर्ने हुन्छ । डेढ कि मी बन्न ३० जना मजदुरलाई काम गर्न लगाइएको छ । काम १ महिनामा सक्ने उहाँले जानकारी दिनुभयो ।

चक्रिय अन्नपुर्ण पदयात्रामा जाने अधिकाशं पर्यटक अन्नपुर्ण आधार शिविरसम्म पुग्ने गरेका छन् । कास्कीको अन्नपुर्ण गाँउपालीकामा पर्ने अन्नपुर्ण आधारशिविर सम्म जाने पदमार्गलाई व्यवस्थित वनाउने काम सुरु गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । पदमार्गका आवश्यक स्थानमा पुल वनाउने, वाटो मर्मत गर्ने, आवश्यक पुर्वाधार थप्ने लगायतका काम सगै वाटो र नाला सभ ागर्ने काम भै रहेका छन् । यो क्षेत्र पर्यटनका लागि अथाहा सम्भावना वेकेको क्षेत्र भएकाले यसलाई व्यवस्थित सगै एक पटक आएका पर्यटकलाई पुनः आउने वाताबरण वनाउने काममा आफुहरु लागेको उहाको भनाई छ । यस्का लागि सरोकारवाल सवै निकायको साथ र सहयोगको खाँचो रहेको उनको भनाई छ ।

अन्नपुर्ण पदमार्गको सन १०१९ मा एक लाख ८१ हजार पर्यटकले भ्रमण गरेका थिए । पदमार्गको भ्रमण गर्नेमा दक्षिण एयिाली देश सार्क राष्ट्रका ५३ हजार ७ सय १० र अन्य देशका एक लाख २७ हजार दुई सय ९० जना रहेका अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखरा कार्यालयका सुचना अधिकारी क्रषी वरालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?