logo
२०८१ बैशाख ५ बुधवार



कोभिड–१९ - दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन   

अन्तर्राष्ट्रिय |


कोभिड–१९ - दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन   



नयाँ दिल्ली, चैत ११ गते । भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ ।     
    
मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।”    
    
“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”    
    
दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यू) को सज्ञा दिएको छ ।    
    
भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।   (रासस/एएनआई) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?