logo
२०८० चैत्र १६ शुक्रवार



बसको ठक्करबाट एकको मृत्यु

खुला |


बसको ठक्करबाट एकको मृत्यु


सर्लाही, माघ १२ गते । नयाँरोड–बरहथवा सडक अन्तर्गत सर्लाहीको बाग्मती नगरपालिका–२, मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवाबाट बरहथवाका लागि छुटेको ग १ ख ८१४० नम्वरको बसले ठक्कर दिँदा सोही ठाउँका ५२ वर्षीय छेवाङ दोर्जे थिङको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय वासिन्दाका अनुसार मानसिक सन्तुलन ठीक नभएका छेवाङ गाडी देख्ने बित्तिकै सडकमा निस्कने गर्नुहुन्थ्यो ।

यस्तै बरहथवा नगरपालिका–८, टाँडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते हुनु भएको छ । बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकल पैदल यात्री सोही ठाउँका ५० वर्षीय रामेश्वर साहलाई ठक्कर दिई पल्टिएको थियो । दुर्घटनामा पैदलयात्री साह र मोटरसाइकल चालक बरहथवा नगरपालिका–१७, श्रीपुरका ३० वर्षीय सन्तोष कुमार झा घाईते हुनु भएको प्रहरीले जनाएको छ । घाईते दुवैको बरहथवास्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैगरी बाग्मती नगरपालिका–११, मा सुमन श्रेष्ठले सञ्चालन गर्दै आउनु भएको च्याउ फममा पराल काट्ने मेसिनले काटेर एक बालक गम्भीर घाईते हुनु भएको छ । मेसिनले हात काटेर घाईते सोही ठाउँका भरत घिमिरेका १४ वर्षीय छोरा कुशल घिमिरेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?