logo
२०८१ बैशाख ८ शनिवार



खिजी चण्डेश्वरी हवाई मैदानमा परीक्षण उडान

पर्यटन |


खिजी चण्डेश्वरी हवाई मैदानमा परीक्षण उडान


ओखलढुंगा समाचारदाता
ओखलढुंगा, पुस ७ गते । ओखलढुंगाको खिजीदेम्वामा निर्माण सम्पन्न भएको हवाई मैदानमा परीक्षण उडान गरीएको छ । १३ वर्ष अघि निर्माण सुरु गरिएको हवाई मैदानमा सोमबार परीक्षण उडान भएको हो ।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराई परिक्षण उडानमा खिजीचण्डेश्वरी बिमानस्थलमा पुग्नुभएको थियो ।
पर्यटन मन्त्रीको स्वागत गर्दै खिजी देम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले पोकली, गौरीवन, खिजीफलाटे, थोलेदेम्वा देखिको सोलुको पिकेसम्मका लागि नयाँ पर्यटकीय पदमार्ग निर्माणाका लागि माग गर्नु भएको छ ।
रामेछाप, सोलु र ओखलढुंगाका ६ स्थानीय तहका सर्वसाधरणका लागि खिजीचण्डेश्वरी बिमानस्थललले ठूलो योगदान पुर्याउने भएका कारण हवाई मैदानलाई नियमित उडानका लागि पहल गर्न अनुरोध गर्दै कालोपत्रेका लागि पहल गरीदिन आग्रह समेत गर्नुभएको छ ।
उहाँले पर्यटन वर्ष २०२० लाई लक्षित गरी परिक्षण उडान गरीएको हवाई मैदान ओखलढुगाको पस्चिमी भेगको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने हवाई मैदान हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?