logo
२०८१ बैशाख ७ शुक्रवार



टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुरमा

पर्यटन |


टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुरमा
टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच बसन्तपुरमा प्रदर्शन, तस्बिर–उपेश महर्जन


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । प्राचीन टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुरमा प्रदर्शन गरिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो ।

देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, महादेवलगायतका नाचहरु प्रदर्शन हुने जानकारी टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच व्यवस्थापन समितिका सदस्य रामेश्वर महर्जनले जानकारी दिनुभयो ।

खिं बाजाको विभिन्न शुर तालमा गीतसहित नाच प्रदर्शन गरिएको थियो ।

महर्जनका अनुसार लिच्छवीकालीन यस नाचलाई टिष्टुङसहित पालुङलगायत मकवानपुर जिल्लाका नेवार बस्तीहरुमा प्रर्दशन गर्न बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?