logo
२०८० चैत्र १६ शुक्रवार



अन्तराष्ट्रिय कलाकार मंञ्च जर्मनीको नयाँ नेतृत्व चयन

विदेश |


अन्तराष्ट्रिय कलाकार मंञ्च जर्मनीको नयाँ नेतृत्व चयन


गोरखापत्र अनलाइन

काठमाडौं, मंङसिर ६ गते । अन्तराष्ट्रिय कलाकार मंच जर्मनीले डा. सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिबेशन सम्पन्न गरेको छ ।

गत १७ नोभेम्बरमा साँस्कृतिक शहर ब्रेमेनमा भएको अधिबेशनले आगामी दुई बर्षको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मंञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कलाकारहरु पार्वती गुरुङ्ग,मलिसा गुरुङ्ग,डा प्रबिन प्रसाइ, बिकु अधिकारी, सरोज पन्त, छिरिगं शेर्पा लगायतको प्रस्तुतीले कार्यक्रममा रौनकता बढाएको थियो ।

विदेशी भुमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला सँस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तराष्ट्रिय कलाकार मंचले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा.चुडालले बताउनुभयो । गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविनकाजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन हुनु भएको छ ।

नेपाल सहित विश्वका २९ देशमा विस्तार भएको अन्तराष्ट्रिय कलाकार मंचले आगामी बर्ष भित्र ४० देशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?