logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटन पूर्वाधारमा लगानी

पर्यटन |


पर्यटन पूर्वाधारमा लगानी



नवराज कट्टेल

विराटनगर, कात्तिक ३० गते । मोरङको मिक्लाजुङ गाउँपालिका २ मा रहेको चुली (राजा) पोखरीलाई प्राकृतिक र धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न स्थानीय र प्रदेश सरकारमार्फत लगानी सुरु गरिएको छ ।
डब्लूहिल चुचुरोमा चार बिघा क्षेत्रफलमा फैलिएकोे चुली पोखरीलाई प्राकृतिक र धार्मिक क्षेत्रको रूपमा विकास गर्न पूर्वाधार विकासमा लगानी थालिएको हो । संरक्षण र प्रचारको अभावका कारण ओझेलमा रहे पनि प्राकृतिक रूपमा सुन्दर चुली पोखरी बचाउने अभियानमा स्थानीयले समेत सक्रियता देखाएका छन् ।
मोरङमा पर्यटन सम्भावनाको क्षेत्रका रूपमा रहेको मिक्लाजुङ गाउँपालिकाको यो पोखरीको विशेष धार्मिक महìव रहेको छ । स्थानीय भीमबहादुर श्रेष्ठका अनुसार पाँच सय मिटर दूरीमा राजा र रानीका दुई पोखरी थिए । रानी पोखरीमा बालक डुबेपछि पहाड काटेर पानी सुकाइएको भनाइ छ । सुकेको पोखरी र पहाडको गल्छी काटिएको क्षेत्र अहिले पनि जस्ताको त्यस्तै रहे पनि त्यहाँ खेती गरिँदै आएको छ ।
गल्छी काटेर रानी पोखरीको पानी सुकाएपछि राजा पोखरीको आकार बढ्दै गएर मध्य भागमा शिला निस्किएको थियो । जुन शिलामा रानीका अङ्ग र प्रत्याङ्ग अङ्कित छन् । शान्त देखिने पोखरीको मध्य भागमा उक्त शिला अहिले पनि छ । स्थानीयले आफ्ना दुःख अन्त्यका लागि शिलालाई भाक्दा सुख मिल्ने गरेको विश्वास गर्दै आएका छन् ।
चारैतर्फ जङ्गलले घेरिएको चुलीमा रहेको पोखरी संरक्षणका लागि घेरबार गरिएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सभा सदस्य तथा गाउँपालिकाको संयुक्त लगानीमा घेरबार र शौचालय निर्माणको काम सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीयको पशु चरन क्षेत्रका रूपमा रहेको आसपासको जङ्गलबाट माटो पोखरीमा पर्ने भएपछि चौपाया रोक्न तारबार लगाइएको हो ।
चुली पोखरी आसपासमा स्थानीयका ४० घर छन् । गाउँपालिकाका अध्यक्ष आचार्यका अनुसार त्यहाँका ४० घरलाई ोमस्टेका रूपमा विकास गर्ने योजनासमेत अघि सारिएको छ । एक हजार दुई सय मिटर उचाइमा रहेको चुली पोखरी डब्लू आकारको पहाडको काखमा रहेका कारण वेलकम हिलसमेत भन्ने गरिएको छ । प्रदेश सभा सदस्य कुलप्रसाद साँवाका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ का लागि ३० लाख रुपियाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?