logo
२०८१ बैशाख ७ शुक्रवार



पर्यटकीय स्थान बाहुनथान संरक्षणमा युवाको चासो

पर्यटन |


पर्यटकीय स्थान बाहुनथान संरक्षणमा युवाको चासो


अर्जुन काफ्ले 
स्याङजा, कार्तिक २४ गते । वालिङ नगरपालिका ११ मा रहेको पर्यटकिय क्षेत्र बाहुनथान संरक्षणमा युवाहरुले चाँसो देखाएका छन् ।
बाहुनथान संरक्षण गर्ने उदेश्यले सरसफाईमा यहाँका विभिन्न युवाहरुको संघ संस्थाको चाँसो गएको हो । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान फोहोरको समस्या देखिपछि युवाहरु फोहोर ब्यवस्थापनमा जुटेका हुन् ।
यहाँका बिभिन्न्न संघ संस्थमा आबद्ध युवाहरु साप्ताहिक रुपमा बाहुनथान सरसफाई गर्ने अभियान थालनी गर्दै पहिलो चरणमा सफाई गरिएको हो ।
वण्डरफुल वालिङ र बाहुनथान पर्या पर्यटकीय उद्यानको आयोजना र वालिङ नगरपालिका वडा नं. ११ को सहयोगमा साप्ताहिक सफाई अभियानको थालनी गरिएको हो ।
दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ, वालिङ जेसिज, साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवाक्लब वालिङ १४ र त्रिनेत्र युवाक्लब वालिङ ९ को बाहुनथान सरसफाईमा सहकार्य गरेका छन् ।
वालिङ बजारदेखि करिव २ किलोमिटर ग्रामिण कच्ची सडकमार्फत पुग्न सकिने बाहुनथानबाट वालिङ बजारका मनोरम दृष्यअवलोकन गर्न सकिन्छ भने बगिरहेको आँधीखोलाको दृष्य तथा विभिन्न भागहरु हेर्न सकिन्छ ।
विशेष गरी जाडो मौसममा पारिलो घाम संगै मनोरम प्राकृतिक वातावरणमा रमाउँन यहाँ पर्यटकहरु आर्कषित हुने गरेको वण्डर फुलका प्रवक्ता गणेश राउतले बताउनुभयो ।
सरसफाई अन्र्तगत पहिलो श्रृखलामा बाहुनथानको तल्लो भागमा सरसफाई गरिएको राउतले बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकीय संभावनायुक्त बाहुनथानलाई संरक्षण तथा प्रर्वद्धन गर्न सकिएमा यस क्षेत्रको महत्व बढ्ने बताउनुभयो ।
बाहुनथानमा फालिएका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोर समेत छुट्याएर १ ट्रिपर फोहोर संकलन गरी ब्यवस्थानपन गरिएको राउतले बताउनुभयो ।
दोस्रो चरणमा वण्डरफुल वालिङ र दारी ग्याङले संयुक्त रुपमा यहाँ १२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा स्थापना गर्ने तयारी गरेको छ । सरसफाईको पहिलो चरणमा यहाँका झण्डै ७० जना युवाहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?