logo
२०८१ बैशाख ६ बिहीवार



मुगुमा पहिलो सामुदायिक होमस्टे

पर्यटन |


मुगुमा पहिलो सामुदायिक होमस्टे


नृपेन्द्रबहादुर मल्ल

मुगु, कात्तिक २१ गते । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँमा स्थानीयवासीले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।
सदरमुकाम गमगढीबाट पाँच घन्टा टाढा पर्ने माँग्रीमा १५७ घरधुरी लामा समुदाय बसोबास गर्छन् । पहिलो चरणमा करानी समुदाय संस्था केसिडेसीले २५ घरधुरीलाई होमस्टेसम्बन्धी तालिम दिएपछि २५ घरधुरीले सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
यो मुगुकै पहिलो सामुदायिक होमस्टे (घरबास) हो । मुगुम कार्मारोङ गाउँपालिका पर्यटक भिœयाउने राम्रो सम्भावना भएको क्षेत्र भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्न समस्या नपरोस् भन्ने हेतुले होमस्टेमा पाइने सबै सेवासुविधा उपलब्ध गराइएको होमस्टे व्यवस्थापन समितिका संयोजक छिरिङतोर्चे लामाले बताउनुभयो ।
यो गाउँको बाटो भएर आन्तरिक तथा बाह्य पर्यटक डोल्पाको से फोक्सुन्डो तथा सोही गाउँपालिका–१ मा रहेको छायानाथ धाम र उपल्लो मुगु जाने आउने गर्छन् । यहाँ जाने आउने पर्यटक तथा अन्य व्यक्तिका लागि यो गाउँमा एक होटल मात्र छ । होटल त्यति व्यवस्थित पनि छैन । होमस्टे सञ्चालनमा आएपछि बस्न खान समस्या नहुने बताइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?