logo
२०८१ बैशाख १२ बुधवार



प्रचारको कमीले च्याछरा झरना ओझेल

पर्यटन |


प्रचारको कमीले च्याछरा झरना ओझेल


राजन रावत
सिमकोट, असोज १२ गते । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने धेरै सम्भावना भएर पनि च्याछरा झरना ओझेलमा परको छ । आवश्यक प्रचार प्रसारको कमीले गर्दा सो झरना सदरमुकाम सिमकोट नजिक भएर पनि ओझेलमा परेको हो ।

कर्णाली करिडोरको नजिक पर्ने च्याछरा झरना सिमकोटबाट चार घण्टा पैदल हिँडेर पुग्ने यस झरना हुम्ला जिल्लाकै अग्लो मानिन्छ । तर, आवश्यक प्रचार प्रसारको कमीले हालसम्म पर्यटकीय हिसाबले ओझेलमा परेको नाम्खा गाउँपालिकाका स्थानीय पासाङ लामाले बताउनुभयो ।

उहाँका अनुसार यो कर्णाली प्रदेश कै गणनामा पर्ने झरना आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र हुनसक्छ । यति राम्रो पर्यटकीय स्थलको सम्भाबना बोकेको क्षेत्रलाई आवश्यक प्रचार प्रसार गरेर बाहिर ल्याउन उहाँले आग्रह समेत गर्नुभयो ।

बाटोमै पर्ने यो झरनाको खासै उपयोगमा आउन सकेको छैन । कुनै जानकारी बिनै हाल पैदल यात्रीले यसको अवलोकन गर्ने भन्दा अन्य कार्य हुन सकेको छैन । यसलाई प्रचार प्रसार गर्न नाम्खा गाउँपालिकाले वृत्तचित्र निर्माण गरिरहेको र अब चाँडै नै यो बाहिर आउने अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।

झरनालाई अरु ब्यवस्थित गर्ने पक्षमा गाउँपालिका रहेको र यसको पूर्वाधार निर्माणका लागि प्रदेश सरकार लाग्नु पर्ने उहाँले जनाउनुभयो । डेढसय मिटर भन्दा अग्लो यो झरनालाई ब्यवस्थित गर्न सके गाउँपालिकाको आयश्रोत वृद्धि हुनेछ । अहिले पैदल यात्रुले त्यसको खासै उपयाग गरेको पाईंदैन ।

तर अब आवश्यक प्रचार प्रसार र झरनाको क्षेत्रलाई ब्यवस्थित गर्न सके हुम्ला जिल्लाका लागि अर्को पर्यटकीय स्थलका रुपमा यो बाहिर आउने छ । यसका लागि पहिलो काम उक्त झरनाको गुरुयोजना तयार गर्नु आवश्यक रहेको पर्यटन ब्यवसायी पेमा लामा बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?