logo
२०८१ बैशाख १३ बिहीवार



दुई विदेशी पर्यटक ६ दिनदेखि बेपत्ता

पर्यटन |


दुई विदेशी पर्यटक ६ दिनदेखि बेपत्ता


हेमनाथ खतिवडा 
रसुवा, असोज ११ गते । रसुवाको तामाङ सम्पदा मार्गमा पदयात्रा गर्न आएका दुई विदेशी पर्यटक थुमनबाट हराउनुभएको छ ।

दक्षिण कोरियाका ४२ वर्षीय सिसङ र नेदरल्याण्ड्सका का २७ वर्षीय थोमस व्यक्स असोज ५ गतेदेखि गोसाईकुण्ड गाउँपालिका वडा नं १ थुमनबाट सम्पर्कविहिन हुनुभएको हो ।

हराउनुभएका दुईजनाको खोजीकार्य भईरहेको पर्यटक प्रहरीका सई रामप्रकाश अधिकारीले जानकारी दिनुभयो ।

राजधानीबाट खोजी टोली हेलिकोप्टरबाट त्यस क्षेत्रमा जान खोजे पनि हिजो खराब मौसमका कारण जान नसकेको र आज हेलिकोप्टरबाट त्यस क्षेत्रमा हराएका पर्यटकहरुको खोजी कार्य हुने प्रहरीले जनाएको छ ।

उहाँहरु २७ गते जिल्ला स्याफ्रुबेशीबाट तामाङ सम्पदा मार्ग क्षेत्रमा पदयात्रा गर्नु पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?