logo
२०८१ बैशाख ४ मंगलवार



पाटन दरबार क्षेत्रमा ३० पर्यटकलाई निःशुल्क प्रवेश

पर्यटन |


पाटन दरबार क्षेत्रमा ३० पर्यटकलाई निःशुल्क प्रवेश


गोरखापत्र समाचारदाता
ललितपुर, असोज १० गते । पाटन दरबार क्षेत्र भ्रमणमा आउने ३० जना पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पाटन दरबार क्षेत्रमा पहिला प्रवेश गर्ने ३० जना पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले दरबार क्षेत्रमा सबैभन्दा पहिला आउने ३० जना पर्यटकलाई पर्यटकलाई टोपी र दोसल्ला ओढाएर स्वागत गर्नुभयो । ती पर्यटकलाई चिया कफीको गिफ्ट भौचर, एक दिनको डिनर कुपनसमेत प्रदान गरिएको छ ।
ललितपुरको कला, संस्कृतिको प्रवद्र्धन गर्दै नेपाल भ्रमण २०२० को प्रवद्र्धनमा समेत सहयोग पु¥याउने लक्ष्यका साथ सबैभन्दा पहिला आउने पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताउनुभयो ।
दरबार क्षेत्रमा हाकुपटासीमा सजिएर उपस्थित भएका नेवारी महिलाले धिमे बाजामा परम्परागत नृत्य देखाएर पर्यटकलाई स्वागत गर्नुभएको थियो । त्यस्तै, लाखे नाचसमेत प्रदर्शन गरिएको थियो । पर्यटकहरूलाई स्वागत गर्न ज्यापू समाजका अध्यक्ष चन्द महर्जनसहितका प्रतिनिधिहरु, बौद्ध बिहार संघ, चाइनिज गाइड एसोसियसनलगायतका संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरूमा विशेष छुुट दिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?