logo
२०८० चैत्र १५ बिहीवार



भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका दिइने

स्वास्थ्य |


भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरका  रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका दिइने


काठमाडौं माघ १४ गते  सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने भएको छ ।
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिइने भएको हो ।
राष्टिय खोप समितिको सल्लाह अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ । विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?