logo
२०८१ बैशाख १३ बिहीवार



नाडाल अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

खेलकुद |


नाडाल अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा


काठमाडौँ, माघ ९ गते । स्पेनिस स्टार राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । मेलवर्नमा जारी प्रतियोगितामा आइतबार नाडालले फ्रान्सका एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा हराउनुभयो ।

प्रतिस्पर्धात्मक पहिलो सेट ७–६ ले आफ्नो पक्षमा पार्नुभएका नाडालले त्यसपछि ६–२, ६–२ को सहज जित निकाल्नुभएको थियो । खेलमा चोट बोक्नुभएका एड्रियनले दोस्रो र तेस्रो सेटमा जम्न सक्नुभएन । २१औँ ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहनुभएका ३५ वर्षीय नाडालले क्वार्टरफाइनलमा क्यानाडाका डेनिस सापोभालोभसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

सापोभालोभले आइतबार जर्मनीका एलेक्सान्डर जेभेरेभलाई ६–३, ७–६, ६–३ को सेटमा हराउँदै नाडालसँगको भेट पक्का गर्नुभएको हो । यसैगरी महिलातर्फ विश्वनम्बर एक वरियताकी अष्ट्रेलियाकी अस्लेइग बार्टी क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । चौथो पटक क्वार्टरफाइनलमा पुग्न सफल बार्टीले आइतबार अमेरिकी खेलाडी अमान्डा एनिसिमोभालाई ६–४, ६–३ ले हराउनुभयो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?